राजसंस्था पुनर्वहालीको माग गर्दै प्रदर्शन, एक दर्जन गिरफ्तार
reportersnepal.com · Fri Oct 02 16:59:39 UTC 2020
मुकुन्द कालिकोटे : काठमाडौं, १६ असोज । भोटाहिटी चौकबाट राष्ट्रबादी नागरिक समाजका एक दर्जन कार्यकर्ताहरु गिफ्तार भएका छन् । भोटाहिटी चोकबाट राष्ट्रबादी नागरिक समाजको आयोजनामा राजसंस्था पुनर्वहालीको माग गर्दै निस्किएको विरोध प्रदर्शनलाई धर्ना जुलुस गर्न रोक लगाउँदै गिरफ्तार गरिएको हो ।
उनीहरुले नेपालको झन्डा, नेपालको नक्सा र पूर्वराजाको फोटोसहितको ब्यानर, प्लेकार्डहरु लिएर राष्ट्रबादी नागरिक समाजका संयोजक चन्द्र बहादुर रामदाम ‘चबरा’ उपसंयोजक लक्ष्मी मल्ललगायत ७०-८० जनाको संख्यामा र्याली जाने क्रममा प्रहरीले जान नदिएको र तितरबितर पार्ने क्रममा संयोजक चन्द्रबहादुर रामादाम , लक्ष्मी मल्ललगायत एक दर्जन जनालाई प्रहरीले गिरफ्तार गरी जनसेवा विशालबजार लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)