प्रेरक प्रसंग : बुद्ध र ज्ञानको खेती
nayapatrikadaily.com · Fri Sep 15 00:17:00 GMT 2023
धेरै वर्ष पहिलेको घटना हो । त्यतिखेर बुद्ध पहिलोचोटि वर्तमान नेपालको राजधानी काठमाडौं अर्थात् तत्कालीन ‘नेपाल’ राज्यमा पुगेका थिए । बुद्ध नेपाल राज्यमा पुग्दा यहाँ किराँतवंशी राजाको शासन चलिरहेको थियो ।
बुद्ध हरेक बिहान भिक्षाटनका लागि निस्किन्थे । साथमा उनका केही निकट भिक्षुहरू पनि हुन्थे । तत्कालीन नेपालका सबैजसो नागरिक खेती–किसानीबाटै आफ्नो गुजारा चलाउँथे । बुद्ध एकजना किसानको द्वारमा पुगे र भिक्षाका लागि आग्रह गरे । किसान बाहिर निस्किए । उनले केही सन्तहरूलाई हातमा भिक्षापात्र लिएर आफ्नो ढोकासामु उभिइरहेको देखे । किसानले भने– हे सन्तहरू हो, म एउटा किसान हुँ । म निकै कठोर परिश्रम गरेर धर्तीबाट अन्न उब्जाउँछु । अनि, कुनै परिश्रम नगर्ने तपाईंहरूलाई म किन भिक्षादान गरूँ ?
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)