चर्चित ठेकेदार विक्रम पाण्डेसँग एकाएक उम्मेदवार बनेका डाक्टर भोजराज कसरी भिड्दैछन्?
pahilopost.com · Wed Nov 09 16:37:57 GMT 2022
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट गोरखा लागेपछि डाक्टर भोजराज अधिकारीका लागि अप्रत्यासित रुपमा चुनावी मैदान खुला भयो चितवन-३ मा। चुनाव लड्न प्रचण्डले चितवनमा घरै बनाएका थिए। तर, अन्तिममा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ‘वाकओभर’ गरे गोरखा-२ मा। चितवनमै चुनाव जित्नसक्ने विश्लेषणका बाबजुद प्रचण्ड गोरखा लागे। चितवनभन्दा गोरखा चुनावी जितका लागि सहज हुने माओवादीको विश्लेषण छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विक्रम पाण्डे र कांग्रेसका असन्तुष्ट नेता दिनेश कोइराला स्वतन्त्रबाट उम्मेदवार छन् चितवन ३ मा। यसपटकको चुनाव मार्फत् राष्ट्रिय राजनीतिमा डेब्युका लागि प्रतिस्पर्धामा छन् भोजराज। यहाँ एमालेको उम्मेदवार छैन। अर्कोतिर राप्रपाका पाण्डे पनि चितवन-३ मा बलियो छवि बनाएको नेताका रुपमा हेरिन्छ। गठबन्धन मार्फत् उम्मेदवार बनेका अधिकारीलाई कांग्रेसको मत आफ्नै पक्षमा पार्नु चुनौती छ। अर्कोतर्फ एमालेको उम्मेदवार नभएकाले एमालेको मत कोइरालालाई जान रोक्नुपनि भोजराजको अर्को चुनावी रणनीति हो। चिकित्सा पेशाबाट राजनीतिमा आएर चुनाव जित्ने रणनीति बनाइरहेका भोजराजसँग विज्ञान अधिकारी र सविन ढकाल ले गरेको कुराकानी।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)