जसपा नेपाललाई छैन कोरोनाको डर !
ratopati.com
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले हिजो सुनसरीमा ११ बजेदेखि २ बजेसम्म पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेर ३ बजेदेखि सप्तरीमा श्रद्धाञ्जलीसभा कार्यक्रम सम्पन्न गर्यो । त्यति मात्र होइन, त्यही दिन साँझ सप्तरीको जिल्ला विकास समन्वय समितिको हलमा जिल्लाका नेता तथा कार्यकर्ताहरुसँग छलफल पनि गर्यो ।
जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य अनिलकुमार झालगायतका नेताहरुले बिहानदेखि यी तीनवटै कार्यक्रम भ्याए । प्रत्येक कार्यक्रममा सयौं नेता तथा कार्यकर्ता उपस्थित थिए । देशमा कोरोना संक्रमण दिनदिनै थपिँदैछ, मृत्युदर बढ्दै गइरहेको छ तर जसपा नेपालले देशैभरि आफ्ना कार्यक्रमलाई तीब्रता दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)