लीबियामा ७ जना भारतीय नागरिकको अपहरण
dcnepal.com · Thu Oct 08 17:29:25 UTC 2020
त्रिपोली (एजेन्सी)। लीबियामा सातजना भारतीय नागरिकको अपहरण भएको छ। अपहरणमा परेका भारतीय नागरिकहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यी सबै लीबियामा कंस्ट्रक्शन र तेल सप्लाई गर्ने कम्पनीमा काम गर्दै आएको बताइएको छ।
उनीहरु भारत फर्किन त्रिपोली जाँदै गर्दा लीबियाको अश्वेरिफ भन्ने स्थानबाट अपहरणमा परेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)