मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोहनामा छठघाट निर्माण गरिँदै

barnanmedia.com · Sat Oct 25 20:15:08 GMT 2025

काठमाडौँ, ८ कात्तिकःछठ पूजा सेवा समिति धनगढीले हरेक वर्ष मनाउँदै छठपूजाको तयारी थालेको छ । यस वर्ष पनि धनगढी उपमहानगरपालिका-२ स्थित मोहना छठीघाटमा धुमधामसँग पर्व मनाउने तयारीमा समिति जुटेको हो ।

विगत लामो वर्षदेखि उक्त घाटमा छठपूजा कार्यक्रमको आयोजना गर्दै आएको समितिले यस वर्ष पनि तयारी गरिरहेको हो । सूर्य भगवान्को पूजाआराधना गरी मनाइने छठ पर्वमा पूजा गर्न आउने भक्तालुका लागि मोहना घाटमा २४० पूजाकक्ष निर्माण भइसकेका छन् । ती निर्माण गरिएका पूजाकक्ष टेन्ट, बत्ती, झिलमिली बत्ती, रङ्गीचङ्गी माला, पताकालगायत सामग्रीले सजाउने काम भइरहेको छठ पूजा सेवा समितिका उपाध्यक्ष रोशनकुमार कर्णले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)