सेनासँग बाक्लियो प्रधानमन्त्री ओलीको भेटघाट
ratopati.com
काठमाडौं । आफ्नो पार्टीभित्र आन्तारिक विवाद उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सेनासँगको सम्पर्क बढाएका छन् । पार्टीभित्र अल्पमतमा देखिएका प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच शनिबार र आइतबार दुई पटक भेट भएको जनाइएको छ । भेटका क्रममा के–के कुराकानी भयो भन्ने विषय भने बाहिर आएको छैन । ओली र थापाबीच दुई दिनको भेटवार्तामा निकै लामो कुराकानी भएको बताइएको छ ।
आइतबार बालुवाटारमा प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट भएलगत्तै रक्षामन्त्री ईश्वर पोख्रेल र प्रधानसेनापति थापाबीच पनि छलफल भएको छ । रक्षामन्त्री पोखरेलसँग प्रधानसेनापति थापाले निकै लामो समय छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीलाई पार्टीको आन्तारिक विवादमा मुछ्न खोजेको आरोप लगाउँदै आएका छन् । ओलीले आफ्नै पार्टीका शीर्ष नेताहरुले राष्ट्रपति र आफुविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाइरहेका बेला सेनासँग बाक्लो भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)