शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
lokaantar.com · Tue Dec 15 17:38:23 UTC 2020
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ भेटवार्ता भएको छ ।
संवैधानिक परिषदको बैठक सकेर प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेसँगै सत्तारुढ दल र प्रतिपक्षी दलले समेत सोको विरोध गरेको अवस्थामा अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनुका साथै संवैधानिक आयोगमा सिफारिसका सन्दर्भमा पनि छलफल भएको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)