शान्त र गम्भीर मुद्रामा प्रधानमन्त्री ओली
canadanepal.com · Tue Aug 11 17:49:00 UTC 2020
क्याबिनेट बैठकमा उपस्थित मन्त्रीका अनुसार साँढे दुई वर्षका धेरैवटा क्याबिनेट बैठकमध्ये एक दुई वटामा मात्र प्रधानमन्त्री यसरी शान्त र गम्भीर मुद्रामा देखिएका हुन् । "हिजोको बैठकमा वहाँले कुनैपनि किसिमको छेडखान, यो, त्यो केही गर्नुभएन । कुनै ठूलो मन्तव्य वा उपदेश पनि नदिनुभएको र नितान्त एजेण्डामा केन्द्रित हुनुभएकोमा अधिकांश मन्त्री प्रफुल्ल थिए ।"
नेकपा पार्टी भित्र विवाद चर्किंदै गएको र दुई अध्यक्ष बीच एक हप्तादेखि बोलचाल समेत नभएकोले गर्दा प्रधानमन्त्री ओली अहिले के गर्ने कसो गर्ने भन्ने गम्भीर चिन्तामा परेका छन् । नेकपाका शिर्ष नेताहरु गुट बनाएर आफू विरुद्ध अभियान थाले पश्चात प्रधानमन्त्री ओली अहिले चिन्तित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)