सूर्य थापाद्धारा बाबुराम भट्टराईको आजको संसदको सम्बोधनको प्रशंसा
reportersnepal.com · Fri May 08 17:33:31 UTC 2020
काठमाडौं, २६वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले समाजवादी पार्टीका सांसद तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भइसकेका नेताहरुले अब प्रधानमन्त्री बन्न मुख नमिठ्याऔं भनेर बोलेको कुरालाई उचित तर्क भएको टिप्पणी गरेका छन् ।
आजबाट सुरु भएको संसदको वजेट अधिवेशनमा सम्बोधन गर्दा बाबुरामले यो कुरा उठाएका थिए । बाबुरामको सम्बोधनलगत्तै सामाजिक सञ्जाल फेशबुकमा थापाले यस्तो लेखेका छन्,”डा . बाबुराम भट्टराईले बाेल्नुभएका अरू कुरा त त्यस्तै हुन्, प्रधानमन्त्री भइसकेका नेताहरूले अब प्रम बन्न मुख नमिठ्याऔं भन्नेचाहिं उचित तर्क हाे । फर्की फर्की पुरानै र प्रम भइसकेका व्यक्ति तयार हुने, तम्सिने र अाफूबाहेक अरूलाई याेग्य नदेख्ने दृष्टिदाेष हटाउनु आवश्यक छ । प्रकृतिकाे नियम पुराना पात झरेर नै नयाँ पात पलाउने न हाे !”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)