संकटको दोषी आफू नभएको प्रचण्डको स्पष्टोक्ति, नेपाल-खनालले भने- ओलीलाई हामीले चिनेका छौं
nepallive.com · Wed Jul 01 18:05:00 UTC 2020
काठमाडौं- नेकपामा गहिरिँदो संकटको दोषी आफू नभएको स्पष्टोक्ति पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका छन्। ललितपुरको अगेनो बेकरी भेलामा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीमा आएको पछिल्लो संकटको दोषी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नै रहेकाले निकास पनि उनले नै दिनुपर्ने बताएका छन्।
बेलुका साढे बजे उनले बोलाएको भेलामा उपस्थित नेताहरुलाई आफू कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव लिएका थिए। ‘पार्टी र सरकारमा जुन किसिमको जटिलता आयो। त्यसमा मेरो कुनै संलग्नता छैन । यो सबै जटिलता प्रधामन्त्री ओलीजीले नै निम्त्याउनु भएको हो। मैले कसरी अघि बढ्नुपर्छ तपाईंहरु सुझाव दिनुहोस्,' बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले प्रचण्डकोव भनाइ उद्घृत गर्दै भने। उनले कसरी पार्टी एकतालाई मजबुत बनाएर अगाडि बढ्ने भन्ने विषयमा आफूलाई सल्लाहको जरुरी भएर भेला बोलाएको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)