भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्ति विवादमा, आयो यस्तो स्पष्टीकरण
ratopati.com
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सीमा विवादका विषयमा दिएको अभिव्यक्ति विवादास्पद भएपछि भारतीय प्रधानमन्त्रीको कार्यालयले स्पष्टीकरण दिनुपरेको छ । प्रधानमन्त्री कार्यालयले मोदीको भनाईलाई गलत अर्थ लगाएर अनावश्यक विवाद उत्पन्न गर्न खोजिएको आरोप लगाएको छ ।
प्रधानमन्त्री मोदीले शुक्रबारको सर्वदलीय बैठकमा लद्दाखस्थित भारततर्फको सीमाभित्र ‘न कसैको प्रवेश भएको छ, न कसैले हाम्रा पोष्टहरु कब्जा गरेका छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिलाई लिएर भारतीय राजनीतिक वृत्तमा विपक्षीहरुले मोदीको कडा आलोचना गरिरहेका छन् । मोदीको अभिव्यक्तिले चीनलाई सपोर्ट गर्दै आत्मसमर्पण गरेको भन्ने अर्थ समेत विपक्षीहरुले लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)