कंगोमा स्वास्थ्य आपतकालको अन्त्य भएको घोषणा
swasthyakhabar.com · Wed Jul 22 17:47:20 UTC 2020
किन्सासा- कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा गरेका छन्। उनले व्यावसायिक कृयाकलाप, विद्यालय र सीमाहरु खुला गर्ने बारेमा तीन चरणको कार्यक्रम घोषणा गरेका हुन्।
करिब ८ करोड जनसंख्या रहेको विशाल अफ्रिकी मुलुक कंगोमा मार्च १० यता मात्र ८ हजार ५ सय ३४ जनामा कोरोना संक्रमण देखिएको र १ सय ९६ जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)