यी हुन् कोरोना महामारीबाट अत्यन्तै प्रभावित १० मुलुक, भारतको गति तिव्र
ratopati.com
एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ९ लाख नाघेको छ । जोन हप्किन्स विश्विद्यालयको पछिल्लो रेकर्डअनुसार विश्वमा संक्रमणबाट मर्नेको संख्या ९ लाख ७९ जना पुगेको छ । त्यस्तै विश्वभर संक्रमित हुनेहरुको संख्या २ करोड ७६ लाख ९५ हजार १३० पुगेको छ । अहिलेसम्म संक्रमणबाट बढी प्रभावित मुलुकमा अमेरिका, भारत, ब्राजिल लगायतका मुलुकहरु रहेका छन् । बढी प्रभावित यी ३ देशसहित १० देशको तथ्यांक यहाँ प्रस्तुत गरिएको छ ।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख ९५ हजार २ सय ५९ पुगेको छ भने संक्रमितहरुको संख्या ६५ लाख ५० हजार ९ सय ८४ पुगेको छ । त्यहाँ निको हुनेहरुको संख्या ३८ लाख ४६ हजार ७ सय १७ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)