ओलीको प्रस्ताव : माधव नेपाल तेस्रो अध्यक्ष
baahrakhari.com · Wed Apr 29 17:57:00 UTC 2020
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधान गर्न माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउनुपर्ने विकल्प अघि सारेका छन् । पार्टी सचिवालयको बुधबार बसेको बैठकमा चौथो वरीयताको नेता नेपाललाई अध्यक्ष बनाउन आफू तयार रहेको ओलीले बताएको स्रोतले जानकारी दियो ।
“आजको बैठकमा ओलीले नेता नेपाललाई तेस्रो अध्यक्ष प्रस्ताव गर्नुभएको छ । के नियतले प्रस्ताव ल्याउनुभएको हो, प्रस्ट भएको छैन,” स्रोतले बाह्रखरीसँग भन्यो । पूर्वएमाले एकतृत हुनुपर्ने भन्दै पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललगायत ओली पक्षधर नेताहरूले केहीदिन अगाडि नै यो प्रस्ताव गरेका थिए । नेता नेपालसँगको भेटमा पनि ओलीले यही प्रस्ताव अघि सारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)