नेकपा प्रतिवेदनको सार: ओली सेरेमोनियल अध्यक्ष?
nepallive.com · Mon Aug 24 17:35:00 UTC 2020
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको केही भूमिकालाई स्पष्ट पार्ने प्रयास गरेको छ। यसअघि गत मंसिर ४ मा सचिवलयले एउटा निर्णय गर्दै ओलीलाई सरकार र प्रचण्डलाई पार्टीको जिम्मा दिएको भए पनि स्पष्टता नहुँदा पार्टीभित्र द्वन्द्व बढेको थियो। पार्टीले सरकारको काममा हस्तक्षेपको प्रयास गर्यो भन्ने ओलीको असन्तुष्टि थियो। अर्कोतिर, आफूलाई प्राप्त पार्टी सञ्चालनको अधिकारमाथि ओलीले हस्तक्षेप गरेको प्रचण्डको असन्तुष्टि थियो।
कार्यदलद्वारा गत शनिबार बुझाइएको प्रतिवेदनले पनि कार्याधिकार नमिल्दा उत्पन्न द्वन्द्वको विषयलाई व्याख्या गरिएको छ। ‘पार्टीमा दुई अध्यक्षीय व्यवस्थाको समझदारीपूर्ण एवम् प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुनेगरेको छ। एउटा समस्या समाधान गरेको केही समय पछि फेरी नयाँ रुप र स्तरमा अर्को समस्या आइलाग्ने गरेको छ। यस अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परिरहेको छ’, प्रतिवेदनमा भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)