मृतक महिला सुत्केरीपछि पुगेकी थिइन् टोखा, नगरपालिकाले गर्यो बसेको स्थान सिल
pahilopost.com · Sat May 16 18:13:38 UTC 2020
काठमाडौँः टोखा नगरपालिका ९ को केही भाग सिल गरिएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोकी २९ वर्षीय महिला अस्पतालबाट डिस्चार्ज भई टोखा पुगेको खुलेको छ। यसकारण महिला बसेको स्थानमा संक्रमण फैलिएको हुनसक्ने आधारमा सतर्कता अपनाउँदै सिल गरिएको नगरपालिकाले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले महिला वैशाख २३ गते काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएको र २४ गते उनको डेलिभरी भएको जनाएको थियो। २५ गते उनलाई डिस्चार्ज गरिएको र त्यहीँबाट उनी सिन्धुपाल्चोक गएको बताइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)