सेनाले जिटुजीमार्फत् किनेका मेडिकल सामग्रीमा एक अर्बभन्दा बढी 'घोटाला', कुन सामानमा कति?
nepallive.com · Tue Jun 09 18:00:00 UTC 2020
काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाली सेनाले जिटुजीमार्फत् चीनबाट खरिद गरेका मेडिकल सामग्री झन्डै १ अर्ब रुपैयाँ घोटाला भएको शंका उब्जिएको छ। नेपाली सेनाले कुल १ करोड ८४ लाख ४८ डलरभन्दा बढीमा ८४ प्ररकारका मेडिकल सामग्री खरिद गर्न चीनसँग बैसाख पहिलो साता सम्झौता गरेको थियो। सम्झौतामा ३ हजार क्युबिक मिटर मेडिकल सामग्री ल्याउने उल्लेख थियो। सोही सम्झौताअनुसार अहिलेसम्म २ हजार क्युबिक मिटर मेडिकल सामग्री नेपाल आइसेकेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन्। बाँकी १ हजार क्युबिक मिटर मेडिकल सामग्री पनि एक साताभित्रै नेपाल आइपुग्ने उनको भनाइ छ।
सेनाले पहिलो लटको मेडिकल सामग्री स्थलमार्गबाट जेठ ३ गते नेपाल ल्याएको थियो भने त्यसपछि अहिलेसम्म ८ लट गरी मेडिकल सामग्री नेपाल ल्याएको छ। २ पटक चार्टर जहाजका लागि ३ लाख ७२ हजार ५ सय डलर (२८ करोड ४७ लाख नेपाली रुपैयाँ) र स्थल मार्गबाट ल्याउँदा २ करोड ४६ लाख ७६ हजार ४ सय रुपैयाँ सेनाले खर्च गरेको छ। सेनाले ल्याएको मेडिकल सामग्रीमध्ये १५ प्रकारका सामानमा मात्रै १ करोड ४८ लाख ३७ हजार ९ सय ७५ डलर खर्च भएको छ। बाँकी ३६ लाख डलरमा भने अन्य सस्तो आइटमको मेडिकल सामग्री ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)