अहो, कतिसम्म हुने रहेछ ! चेसबोर्डको कथा र कोरोना भाइरस
mysansar.com · Fri Dec 25 17:36:08 UTC 2020
– मुक्ति अर्याल –
प्रसिद्ध भौतिकशास्त्री अल्बर्ट बार्लेट (Prof. Albert Barlett) का अनुसार मानव इतिहासमै हाम्रो सबैभन्दा ठूलो कमजोरी भनेको गुणनको नियम अनुसार हुने वृद्धि (घातकीय वृद्धि वा exponential growth) लाई नबुझ्नु हो। अर्थात् एकको दुई, दुईको चार र चारको आठ हुने प्रक्रिया कति छिट्टै हामीलाई महसुस नै हुन नपाउँदै आकासिन पुग्छ भन्ने कुरा हामीलाई हेक्का नहुनु हो । हुन त यो यौटा सामान्य गुणनको नियम हो, जस्तै एक दुना दुई, दुई दुना चार, चार दुना आठ, आठ दुना सोऱ्ह हुँदै क्रमिक रूपमा बढ्ने प्रक्रिया। यो नियम जनसङ्ख्या वृद्धि, इन्धनको उपयोग, कोरोना भाइरस जस्ता सरुवा रोग फैलिने प्रक्रिया जस्ता कुराहरूमा लागू हुन्छ। यो सामान्य अङ्क गणितको नियमलाई महसुस गर्न नसक्दा यो भाइरस कसरी फैलिएको छ, हाम्रा पेट्रोलियम जस्ता ऊर्जाका श्रोतहरू कसरी सकिँदै छन् वा वायु मण्डल कसरी प्रदूषित हुँदैछ भन्ने कुरा बुझ्न नसकी हामी कुहिरोको काग बन्न पुगेका हुन्छौँ । आउनुस् सजिलो भाषामा यसलाई बुझ्ने कोसिस गरौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)