अनलाइन कक्षामा पढ्न स्मार्टफोन नभएपछि भारतमा एक छात्राद्वारा आत्महत्या
deshsanchar.com · Sat Jun 06 17:51:54 UTC 2020
भारतको केरलामा एक छात्राले अनलाइन कक्षामा पढ्न स्मार्ट फोन नपाएपछि आत्महत्या गरेकी छन्। १४ वर्षकी ती बालिका कक्षा ९ मा अध्ययनरत थिइन्। कोरोना संक्रमणलाई रोक्न लकडाउन भएपछि विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका थिए। अनलाइन कक्षामा सहभागी हुन स्मार्ट फोन आवश्यक भएको अवस्थामा उनको परिवारले फोन उपलब्ध गराउन सकेन।
उनी अनलाइन कक्षामा सहभागी हुन पाइनन् र उनले आत्महत्या गरिन्। मृतक छात्रा बाबा बालाकृष्ण र आमा शिबासँग केरला भलन्चरी नजिक मंगेरी क्षेत्रमा बसोबास गर्थिन्। उनी दलित बालिका रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। उनी गभर्मेन्ट हायर सेकेण्डरी स्कूल, इरिमविलियमकी विद्यार्थी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)