मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संकटमा रावलः सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो

rajdhanidaily.com · Sun Sep 05 23:07:20 GMT 2021

धनगढी । आफूलाई चित्त नबुझेको कुरा खरो र स्पष्टसँग राख्ने स्वभाव हो उनको, यही स्वभावले राष्ट्रिय राजनीतिमा उनी छाइरहे, उनी अर्थात् भीम रावल, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष, अछामबाट निर्वाचित संघीय सांसद, कुनै बेला समग्र सुदूरपश्चिममै उनको वाहवाही थियो । कुनै पनि निर्णयमा उनको समर्थन अनिवार्यजस्तै थियो ।

सुदूरपश्चिम प्रदेश सभामा उनको पकड यति बलियो थियो कि कसैले चाहेर पनि तोड्न नसक्ने तर एमाले विभाजनपछि उनको शक्ति अब पहिलाको जस्तो रहेन । एमाले विभाजनपछि माधव नेपाल समूह छाडेर संस्थापनतर्फको राजनीति थालेका उनको यही बिन्दुबाट राजनीतिक क्षयीकरण सुरु भयो । कुरा र कामको तालमेल फरक हुँदा उनीसँग राजनीतिक सम्बन्ध तोड्न कस्सिए उनलाई साथ दिनेहरू ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)