१७ करोड गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा इन्जिनियरविरुद्ध मुद्दा दायर – आफन्त लगायतका खातामा १० करोड
livemandu.com · Thu Sep 10 16:49:54 UTC 2020
साउदी, २५ भाद्र, २०७७ । संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर काशी प्रसाद गुप्तासमेत १३ जना उपर बिगो रु.१६,७२,५६,४९६।८६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर भएको छ ।
संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर (सि.डि.ई.) काशी प्रसाद गुप्ताले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको हुँदा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्नेसमेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज काशी प्रसाद गुप्ताले मिति २०३८।०९।१२ मा ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७६।०३।०५ मा सि.डि.ई. पदबाट अवकाश भएको अवधिसम्म निजले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति रु.१६,७२,५६,४९६।८६ बिगो कायम गरी निज काशी प्रसाद गुप्ता र निजको श्रीमती मीता गुप्तासमेत १३ जना बिरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)