मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियन्त्रित लागूऔषधसहित पक्राउ

lokaantar.com · Fri Jan 27 23:59:52 GMT 2023

नियन्त्रित लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका–२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १६ केजी ३ सय ग्रामसहित सोनमा गाउँपालिका–३ रघुनाथपुर बस्ने २१ वर्षीय नरेन्द्रकुमार पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

सम्सीतर्फ जाँदैगरेको बीआर ३० जेड ०७९४ नम्बरको मोटरसाइकलले मधेश प्रदेश ०२–००५ प ९४७२ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्नेक्रममा दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले बीआर ३० जेड ०७९४ नम्बरको मोटरसाइकलका चालक पटेललाई घाइते अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट सो परिमाणको लागूऔषध फेला पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)