देशको प्रतिष्ठा जोडिएको होटल ह्यात बन्द हुनुहुँदैन, प्रधानमन्त्रीले दिएको ढाडस तारिफयोग्य
barnanmedia.com · Sat Oct 25 22:29:56 GMT 2025

काठमाडौंको बौद्धमा अवस्थित पाँचतारे होटल ‘ह्यात रिजेन्सी’ केवल एउटा व्यापारिक प्रतिष्ठान मात्र होइन, देशको गौरव, पर्यटन उद्योगको प्रतीक र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बोकेको संस्थान हो । तर, हालै ‘जेनजी आन्दोलन’का क्रममा भएको आक्रमण र त्यसपछिको क्षतिबाट होटल अस्थायी रूपमा बन्द गर्नुपरेको खबरले सम्पूर्ण पर्यटन क्षेत्रलाई नै स्तब्ध बनाएको छ ।
गत २४ भदौमा भएको घटनामा होटल परिसरभित्र प्रवेश गरेर आक्रमणकारीहरूले तोडफोड र लुटपाट गरेका थिए । होटल व्यवस्थापनका अनुसार, विशेषगरी होटलभित्र रहेको क्यासिनोमा ठूलो क्षति पुगेको छ । त्यसै कारण जोखिम, सुरक्षा संवेदनशीलता र पुनर्निर्माणका कठिनाइका कारण होटलले अस्थायी रूपमा सेवा बन्द गरेको हो । मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनले जारी गरेको सूचनामा श्रमिकहरूलाई अर्को सूचना नआएसम्म उपस्थित नहुन अनुरोध गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)