भारतले दिने खोप यसै साता नेपाल आउने
karobardaily.com · Tue Jan 19 17:48:59 UTC 2021
भारतले नेपाललाई सहयोगको रुपमा दिन लागेको कोभिड–१९ विरुद्धको खोप यसै साता काठमाडौं आइपुग्ने भएको छ । भारतको मुम्बईस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले उपहार स्वरुप नेपाललाई दिन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतीय विदेश मन्त्रालयले नै छिमेकी मुलुकलाई खोप दिन लागेको हो । भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिका अनुसार नेपाललगायत छिमेकी बंगालादेश, भूटान, माल्दिभ्स, म्यानमार, सेसेल्सलाई बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)