कोरोना अपडेट: विश्वभर ४४ लाख ८८ हजार बढीमा संक्रमण, यस्तो छ पछिल्लो अवस्था
lokpath.com · Thu May 14 18:00:53 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ३ लाख ७ स ८३ जनाको ज्यान गएको छ । भने ४४ लाख ८८ हजार १ सय ८५ जना मानिस कोरोना संक्रमणको शिकार भएको छ । हालसम्म कोरोना उपचारपछि १६ लाख ८८ हजार ७ सय ६५ जना निको भएर घर फर्किएका छन् । भने ४५ हजार ८ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यसो त संयुक्त राज्य अमेरिका पनि कोरोना भाइरस (कोभिड १९ ) महामारीसँग जुधिरहेको छ । त्यहा १४ लाख ३८ हजार ४ सय २६ जना कोरोना संक्रमित भएका छन् । वल्डोमिटरका अनुसार यो समाचार तयार पार्दासम्म कोरोनाको कारण अमेरिकामा ८५ हजार ६ सय ९९ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार ६ सय ९३ जना उपचारपछि निको भई घर फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)