बिमस्टेकको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पनि सहभागी
nepalpress.com · Mon Dec 20 16:34:23 GMT 2021
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)का सदस्य मुलुकका सेनाको संयुक्त सैन्य अभ्यास भारतको पुनेमा सोमबारदेखि सुरु भएको छ । प्यानएक्स-२१ नाम दिइएको यो अभ्यास मानवीय सहायता र विपत उद्दार अभ्यासमा केन्द्रित हुने भारतीय सेनाले जनाएको छ ।
भारत, बंगलादेश, नेपाल, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका सेना उक्त सैन्य अभ्यासमा सहभागी छन् । बिमस्टेक मुलुकका सेनाको यो संयुक्त अभ्यासको तेस्रो श्रृंखला हो । यसअघि सन् २०२० को फेब्रुअरीमा दोस्रो अभ्यास सम्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)