मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मकवानपुर मालपोतले उठायो १६ करोड राजस्व

nepalsamaya.com · Thu Feb 08 00:37:00 GMT 2024

हेटौँडा- मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०-०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व संकलन गरेको छ। मालपोत कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम संकलन गरेको हो।

मालपोत कार्यालय मकवानपुरबाट थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकाको आग्रा र गोङ्टेबाहेकका अन्य स्थानीय तहको जग्गाको कारोबार हुँदै आएको छ। कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा रजिस्ट्रेसन दस्तुर, राप्ती संरक्षण कोष, न्यायिक दस्तुर रोक्का, सेवा शुल्क तथा अन्य प्रशासनिक दस्तुर, पुँजीगत लाभकर गरी रु दुई करोड ६३ लाख सात हजार चार सय ९३ राजस्व संकलन गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)