लामो यात्रापछि घर फर्किए रातो मच्छिन्द्रनाथ (फोटो फिचर)
setopati.com · Mon Sep 14 17:49:00 UTC 2020
रातो मच्छिन्द्रनाथलाई सोमबार साँझ बुगमतीस्थित उनको घर फिर्ता लगिएको छ। जावलाखेलमा भोटो देखाएपछि बुंगमती लगिँदै आएकोमा यसपालि कोरोना महामारीका कारण भोटो देखाइएन। पुल्चोकको सोह्रखुट्टे पाटीबाटै उनलाई खटमा हालेर बुंगमती लगियो।
यो लामो समय चल्ने रातो मच्छिन्द्रनाथ जात्राको समापन हो। मच्छिन्द्रनाथलाई जसै बुंगमती पुर्याइन्छ, त्यहाँका प्रत्येक घरबाट कम्तिमा एक जना व्यक्ति छ्वाली बालेर बाटोमा निस्कन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)