यस्ता नेता बन्दैछन् विहारमा नितिशकुमार नेतृत्वको सरकारका मन्त्री
ratopati.com
एजेन्सी । भारतको विहारमा ७ औं पटक मुख्यमन्त्री बन्न सफल भएका नितिशकुमार नेतृत्वको मन्त्रिमण्डलमा १४ जना नयाँ मन्त्री बनेका छन् । सोमबार सपथ लिएका नितिशकुमारले १४ जनालाई मन्त्री बनाएका छन् । त्यसमध्ये नितीशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन् । यस्तै रेणुदेवीले पनि मन्त्रीको सपथ लिएकी छन् । हालसम्म कसको बरियता के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुबै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ । दुबै मन्त्री नितीशकुमार निकट मानिन्छन् ।
एउटा रोमाञ्चक पक्ष के छ भने नितिशकुमारको मन्त्रिमण्डलमा सबै मन्त्री करोडपति छन् । नयाँ मन्त्रीमण्डलमा सबैभन्दा धनी मन्त्री भारतीय जनता पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका रामसुरत राय रहेका छन् । उनको सम्पति २६.८८ करोड भारतीय रुपैयाँ बराबर रहेको जनाइएको छ । त्यस्तै सबैभन्दा कम सम्पति हुने मन्त्री भाजपाकै रामप्रित पासवान रहेका छन् । उनको सम्पति १.०५ करोड रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)