कांग्रेस नेता उदयको सरकारलाई प्रश्न : सरकारैपिच्छे परराष्ट्र नीति फेरिन्छ र ?
annapurnapost.com · Fri Dec 11 22:29:00 UTC 2020
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले सरकारले हालै ल्याएको नयाँ परराष्ट्र नीतिले समग्र पक्षलाई नसमेटेको दावी गरेका छन् ।
उनले कुटनीति जस्तो संवेदनशील विषयलाई सरकारले वेवास्ता गरेको दावी गर्दै सरकारले ल्याएको परराष्ट्र नीतिलाई दल विशेषको नीति भएको आरोप लगाए । ‘मुलुकको भूगोल र स्वार्थ एउटै रहेको तथ्यलाई बेवास्ता गर्दै ल्याएको नीति दल विशेषको हो भन्दा फरक पर्दैन,’ नेता राणाले भने । सरकारले मंसिर तेस्रो साता नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको थियो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वैदेशिक सहायताबारे एकीकृत राष्ट्रिय दृष्टिकोण बनाउने, अन्तर्राष्ट्रिय विकास सहायता स्वीकार्ने र परिचालन गर्ने, अन्तर्राष्ट्रिय सीमा सुरक्षालगायत परराष्ट्र नीतिका चुनौती पहिचान गरिएको ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)