पैसा नतिर्ने २५ उद्योगको बिजुली ‘कट’
rajdhanidaily.com · Sat Oct 25 23:13:03 GMT 2025

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विवादित डेडिकेटेड र ट्रंकलाइनको करिब ८ अर्ब बक्यौता उठाउनका लागि २५ उद्योगको बिजुली आपूर्ति काटिदिएको छ । आर्थिक मन्दी छाइरहेकै बेला प्राधिकरणले करोडदेखि डेढ अर्ब रुपैयाँसम्मको बक्यौता तिर्न बाँकी रहेका २५ वटा उद्योगको विद्युत् आपूर्ति कटौती गरेको हो ।
लोडसेडिङको समयमा ‘डेडिकेटेड र ट्रंकलाइन’ प्रयोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगहरूविरुद्ध प्राधिकरणले शुक्रबारदेखि एकैपटक कारबाही अघि बढाएको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालले यसअघि नै तिहारमा ६ वटा उद्योगको लाइन काटिएकोमा शुक्रबार रातिदेखि थप १९ वटा उद्योगको बिजुली काटिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)