नेपाली हिमाल भारतको भन्दै प्रचार गरेपछि विराट कोहलीमाथि खनिए सामाजिक सञ्जाल प्रयोगकर्ता
barnanmedia.com · Wed Jul 17 22:10:36 UTC 2024
भारतीय क्रिकेटर विराट कोहलीले आफ्नो भिडिओमा नेपाली हिमाल राखेपछि नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । पेरिस २०२४ मा सहभागी हुने भारतीय टोलीलाई शुभकामना दिने क्रममा बनाइएको उनको भिडिओमा नेपाली हिमाल प्रयोग गरिएको छ ।
कोहलीले गत सोमबार उक्त भिडिओ आफ्ना विभिन्न सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । पेरिस ओलम्पिकमा सहभागी हुने भारतीय एथ्लेटहरूलाई उनको फेसन कम्पनी रोन (Wrogn)ले प्रायोजन गरेपछि भिडिओ बनाइएको थियो । तर, भिडिओको सुरुमै नेपालको हिमाल प्रयोग गरिएपछि आलोचना भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)