वीरगंजमा ६५ वर्षीया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु
pahilopost.com · Fri Aug 28 17:57:50 UTC 2020
वीरगंज : वीरगंजमा थप एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज १२ मुर्लीकी ६५ वर्षीया वृद्धा रहेकी छन्।
अचानक श्वासप्रश्वासमा समस्या भएपछि दिउँसो साढे १२ बजे नारायणी अस्पतालमा भर्ना भई आइसीयूमा उपचारको क्रममा शुक्रवार साँझ ७ बजे मृत्युु भएको नारायणी अस्पतालका डा उदयनारायण सिंहले बताए। मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पताल पीसीआर प्रयोगशालामा गरिएको जिन एक्सपर्ट परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको प्याथोलोजिस्ट डा नीरा पाठकले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)