वीरगञ्जमा गोली चल्यो
lokpath.com · Fri Jul 31 17:12:02 UTC 2020
वीरगञ्ज । वीरगंज महानगरपालिकाको वडा नं. ३१ मिलनचौकमा कोरोना संक्रमितको शव गाड्ने बिषयमा स्थानीय र प्रहरीबिच झडप हुँदा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।
कोरोना संक्रमितको शव गाड्ने क्रममा वीरगंज महानगरपालिकाको वडा नं. ३१, मिलनचौकका स्थानियहरुले अवरोध गरेपछि झडप भएको हो । सयौंको संख्यामा मिलनचौकमा जम्मा भएका स्थानियहरुले आफ्नो क्षेत्रमा शव गाड्न नहुने अडान लिएपछि प्रहरीले आश्रु ग्यास र हवाई फायर समेत गरेको छ । प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ६ राउण्ड हवाई फायर गरे पनि स्थानियहरु पछाडी हटेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)