किन भइरहेछ गैंडाको मृत्यु ?
nayapatrikadaily.com · Sun Oct 11 17:28:00 UTC 2020
२०७७ असोज २५ आइतबार २३:१३:००
विश्वमा एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइन्छ । परापूर्वकालमा भारतको आसाम ब्रह्मपुत्र नदीदेखि गंगानदीको नदीतटीय सम्पूर्ण भूभाग (नेपालको तराई क्षेत्रसमेत) हुँदै उत्तराखण्डसम्म गैंडाको ऐतिहासिक उपस्थित थियो । हाल आएर भारतको काजिरंगा राष्ट्रिय निकुञ्जलगायत केही संरक्षित क्षेत्रहरू र नेपालका चितवन राष्ट्रिय निकुञ्जलगायत केही संरक्षित क्षेत्रहरूमा मात्र खुम्चिन पुगेका छन् । सन् १९५० अवधिमा चितवनदेखि सर्लाहीसम्म गैंडा पाइएको र चितवन भ्यालीमा मात्र ८०० को हाराहारीमा गैंडा रहेको तथ्यांक भेटिन्छ । सन् १९३२ मा जुद्धशमशेरको शासनकालमा चितवन उपत्यकामा भएको एउटा सिकार कार्यक्रममा ३८ वटा गैंडा मारिएको थियो । कुनै समयमा नेपालको तराईका र भित्री मधेसका जंगलमा पाइने एकसिंगे गैंडा वनजंगल, घाँसे मैदान, तालतलैया विनाश र अतिक्रमित भई हाल चितवन राष्ट्रिय निकुञ्ज र वरपर मात्र खुम्चिन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)