काठमाडौं उपत्यकामा कति पुगे कोरोना संक्रमित, कति निको भए ?
lokaantar.com · Thu Sep 24 17:27:49 UTC 2020
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाभाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको छ । स्वास्थय मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म काठमाडौंमा मात्रै १५ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ८ हजार ९७ जना निको भएपछि बाँकी होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै काठमाडौंमा ८६ जनाको मृत्यु समेत भएको छ ।
यसैगरी ललितपुरमा पनि कोरोना संक्रमितको संख्या १८२७ पुगेको भने भने निको हुनेको संख्या १०५२ रहेको छ । ललितपुरमा हालसम्म १७ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै भक्तपुरमा हालसम्म १७४२ जनामा संक्रमण पुष्टि हुँदा संक्रमितमध्ये ८५० निको र १९ जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)