तीज खर्च कटाएर विपन्न जनहित कोष स्थापना
dcnepal.com · Mon Aug 17 18:02:58 UTC 2020
झापा। झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ का सामाजिक क्षेत्रमा क्रियाशील महिलाले हरितालिकाका अवसरमा सोमबार विपन्न जनहित कोष स्थापना गरेका छन् । उनीहरुले नजिकिँदै गरेको तीजको खर्च कटाएर मेचीनगरभित्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछि परेका विपन्न समुदायलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सो कोष स्थापना गरेका हुन् ।
शुरुमा वडाका २०२ महिला मिलेर रु दुई लाख २९ हजारको कोष स्थापना गरिएको छ । कोषमा उनीहरुले प्रतिव्यक्ति एक हजारका दरले रु दुई लाख २ हजार र सोही वडामा रहेका सन्तोष गौतमले सहयोगस्वरुप प्रदान गरेको रु २९ हजार गरी रु दुई लाख २९ हजारको कोष स्थापना गरेको आज पत्रकार भेटघाटमा सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)