यस्तो छ स्पेन र बेलायतमा कोरोना महमारीको पछिल्लो अवस्था
lokpath.com · Thu Jul 09 17:57:09 UTC 2020
काठमाडौं । स्पेनमा बितेको २४ घण्टामा ५ सय ४३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख १ सय ३६ पुगेको छ । हालसम्म २८ हजार ४ सय १ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ जनाको ज्यान गएको र संक्रमित मध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ६ सय २ पुगेको छ । बितेको २४ घण्टामा बेलायतमा ६ सय ४२ जनामा कोरोना संक्रमण देखिएको र ८५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८७ हजार ६ सय २१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १ सय ८५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)