विधानविपरीत बनाइएका विभागहरु खारेज गर्न अल्टिमेटम दिने तयारीमा पौडेल पक्ष
ekantipur.com · Sat Sep 05 16:59:03 UTC 2020
काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल पक्षले महाधिवेशनको आचारसंहिता र विधानविपरीत गठन गरिएका केन्द्रीय विभागहरु खारेजी हुनुपर्ने भन्दै सात दिनको अल्टिमेटम दिने तयारी गरेका छन् । सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा पार्टीका केन्द्रीय विभागहरुमा मनोनयन नरोकेपछि वरिष्ठ नेता पौडेल पक्षले दबाबमूलक रणनीति तय गर्न शनिबार आफ्ना पक्षका केन्द्रिय सदस्यहरुको बैठक राखेको थियो ।
बैठकले सभापति देउवा संवाद र सहमतिका साथ जान नखोजेको निष्कर्ष निकाल्दै दबाबमूलक संघर्षका कार्यक्रम तय गर्ने निर्णय गरेको छ । तीन सदस्यीय समितिले दिएको सुझावकै आधारमा संघर्षका कार्यक्रम तय गरिन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)