मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेस्ट ह्यामले लियो म्यानचेस्टरमाथि बदला

ekantipur.com · Thu Sep 23 01:12:40 GMT 2021

लन्डन — वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा बेहोरेको हारको बदला लिँदै बुधबार म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेर लिगकपको चौथो चरणमा प्रवेश गरेको छ । खेलको एक मात्र गोल मेनुएल लान्जिनीले गरे ।

उनले सन् २०१९ मे यता गरेको यो पहिलो गोल हो । सन् २००७ यता वेस्ट ह्यामले म्यानचेस्टरलाई ओल्ड ट्रायफोर्डमा हराएको पनि यो पहिलो पल्ट हो । वेस्ट ह्याम लिगको पछिल्लो खेलमा म्यानचेस्टरसँग पराजित रहेको थियो

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)