गोरुगाडा सहित काठ बरामद
baahrakhari.com · Thu Apr 16 17:32:00 UTC 2020
कञ्चनपुर । इलाका प्रहरी कार्यालय गुलरीयाको गस्ती टोलीले आज लालझाडी गाउँपालिका–४ देखतभुलीको ग्राभेल सडकमा बेवारिसे अवस्थामा रहेको एक हल गोरु र गोरु गाडामा राखेको सालको गोलिया एक थान र एक थान आरा फेला पारेको छ ।
बरामद काठ, गोरुगाडा र आरा आवश्यक कारबाही अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय लालझाडीमा बुझाइएको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)