प्रशिक्षणको नाममा अवैध रकम असुली
nayapatrikadaily.com · Thu Jul 13 00:39:00 GMT 2023
पोखरा रंगशालाभित्र प्रशिक्षणको नाममा अवैध असुली र ठगी कारोबार हुँदै आएको खुलासा भएको छ । एन्फा कास्की, भलिबल, ब्याडमिन्टन, क्रिकेट, स्क्वास, लन टेनिस, कराँते र भारोत्तोलन संघका प्रशिक्षकले खेलकुद विकास समितिलाई जानकारी नदिई प्रशिक्षणको नाममा अवैध रूपमा प्रशिक्षार्थीसँग मासिक एकदेखि १० हजार रूपैयाँसम्म रकम असुली गरिरहेका छन् । संघ र प्रशिक्षकले प्रशिक्षणमा आउने प्रशिक्षार्थीबाट उठ्ने रकमबारे नियमनकारी समितिलाई जानकारी दिएका छैनन् ।
प्रशिक्षणको नाममा अवैध रूपमा प्रशिक्षार्थीसँग रकम लिनेमा केही खेलका पदाधिकारी आफैँ प्रत्यक्ष संलग्न छन् । केही प्रशिक्षकले संघको नाममा र केहीले स्वयंसेवक प्रशिक्षकको प्रशिक्षणको बहानामा खेलाडीबाट अवैध रूपमा चर्को शुल्क असुल गरिरहेका छन् । विभिन्न खेलका प्रीशक्षकले प्रशिक्षार्थीसँग एकदेखि १० हजारसम्म रकम लिने गरेको स्रोतले नयाँ पत्रिकालाई जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)