पिरामिडमा हट फोटो खिचाउने सल्मा पक्राउ
livemandu.com · Sun Dec 06 17:37:33 UTC 2020
काठमाडौं । इजिप्टियन मोडल सल्मा अल सिमी पक्राउ परेकी छन् । इन्ष्टाग्राममा हट तस्विर राखेकै आधारमा उनी इजिप्ट प्रहरीको आँखामा परेकी हुन् ।
सल्मासँगै उनका फोटो ग्राफर होसम मोहम्मद समेत इजिप्ट प्रहरीको नियन्त्रणमा छन् । उनीहरुलाई गत हप्ता कायरो बाहिरको ४७०० वर्ष पुरानो स्टेप पिरामिडमा अश्लिलता झल्कने पोशाक लगाएर फोटो तथा भिडियो खिचाएको आरोप छ ।इजिप्टका स्थानीय मिडियाका अनुसार उनीहरुलाई अश्लिलता भड्काएको तथा मिश्री सभ्यताको अनदार गरेको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)