कोरोना महामारीको शिकार भारत, ७८ हजार नाघे संक्रमित (विवरणसहित)
lokpath.com · Wed May 13 18:02:28 UTC 2020
काठमाडौं । छिमेकी देश भारतपनि कोरोना भाइरस (कोभिड-१९) को बढ्दो संक्रमणको कारण लकडाउनको अवस्थामा छ । त्यहा पनि कोरोना भाइरस बढ्दो अवस्थामा रहेको छ ।
यो समाचार तयार पार्दासम्म ७८ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको छ । भने २ हजार ५ सय ५१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको वल्डोमिटरको तथ्याङ्कले देखाउछ । त्यहा १८ लाख ५४ हजार जनामा कोरोना परिक्षण गरिएको छ । वितेको २४ घण्टामामात्र भारतमा १ सय ३६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । भने ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २६ हजार ३ सय जना उपचारपछि निको भएका छन् भने अहिलेपनि ४९ हजार १ सय ९० जना उपचाररत रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)