नेकपालाई बाईबाई गर्दै युवासंघका युवाहरु कांग्रेसमा प्रबेश
hamrakura.com · Thu Aug 06 18:01:00 UTC 2020
स्याङ्जा। राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका नेताहरु कांग्रेस प्रबेश गरेका छन्। युवा संघ नेपाल जिल्ला समिति सदस्य विक्रम पोख्रेल सहितका युवा नेताहरु कांग्रेस प्रबेश गरेका हुन्।
नेपाली कांग्रेस स्याङ्जाले पुतलीबजार नगरपालिका वडा नं. ४ गौतमडाँडामा गरेको कार्यक्रममा युवा संघका नेताहरु कांग्रेस प्रबेश गरेका हुन् । प्रबेश गरेका युवाहरुलाई कांग्रेस स्याङ्जाका कार्यबाहक अध्यक्ष कुमार राना, संविधानसभा सदस्य राजु थापा र नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरतप्रसाद लम्सालले सदस्यता प्रदान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)