जुम्लामा पहिलोपटक दुई प्रहरीसहित १९ जनामा कोरोना संक्रमण, दैलेखमा २४ जना थपिए
dekhapadhi.com · Sun May 31 17:44:00 UTC 2020
काठमाडौं। कर्णाली प्रदेशको जुम्लामा पहिलोपटक कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भेटिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको स्वाबको परीक्षणमा जुम्लामा दुईजना प्रहरीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रतिष्ठानले अहिले राति १० बजेर १५ मिनेटमा तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र ३४ वर्षीय दुईजना प्रहरीमा संक्रमण पुष्टि गरेको हो। त्यस्तै जुम्लाको हिमा-१ मा दुईजना, हिमा-६ का एक जना, हिमा-५ का चारजना, हिमा-७ का एकजना, सिञ्जा-३ का एक जना, सिञ्जा-४ का तीनजना, सिञ्जा-५ का दुईजना र सिञ्जा-६ का तीनजना रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)