कोरोना अपडेट : रफ्तारमा बढ्दै संक्रमण, दुई दिनमा थपिए ४२२ संक्रमित
dekhapadhi.com · Sat May 30 17:21:00 UTC 2020
काठमाडौं। नेपालमा पछिल्ला दुई दिनको अवधिमा ४४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। १६ जेठमा १८५ जना र १७ जेठमा २३७ जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४४९ पुगेको छ। यो संख्यामा आज साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थपिएका १९, प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पुष्टि भएका सल्यानका २५ र सुर्खेत एक तथा भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थपिएका तीन जनासमेतलाई गणना गरिएको छ, जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)