न्युयोर्कको एक नर्सिङ होममा कोरोनाबाट ९८ को मृत्यु
swasthyakhabar.com · Sun May 03 18:07:49 UTC 2020
न्युयोर्क- अमेरिकाको न्युयोर्कस्थित एउटा नर्सिङ होममा काेराेना भाइरसका कारण ९८ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।
'यो अत्यन्त हृदयविदारक छ,अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,' न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने। एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद अमेरिकाकै दुर्लभ घटना भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)