पर्साको वीरगंज-ठोरी हुलाकी राजमार्ग निर्माणको काम ठप्प, यस्ता छन् समस्या
pahilopost.com · Fri May 29 18:07:30 UTC 2020
वीरगंज : सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको वीरगंज-ठोरी हुलाकी सडक निर्माणको काम ठप्प भएको छ। लकडाउनका बेला पनि सरकारले राष्ट्रिय गौरवका काममध्ये हुलाकी सडक निर्माण गर्न भने पनि आवश्यक निर्माण सामग्री उपलब्ध नहुँदा काम रोकिन पुगेको हो।
वीरगंजको प्रतिमा चोकदेखि ठोरीसम्म ६० किलोमिटर हुलाकी सडकमध्ये वीरगंजदेखि पर्साको सेढवासम्मको ३० किलोमीटर सडक निर्माण गर्न सामग्री अभाव भएको निर्माण कम्पनीले जनाएको छ। ३० किलोमिटरमध्ये ५० प्रतिशतभन्दा बढी काम भइसकेको भए पनि बाँकी काम अघि बढाउन आवश्यक सामग्री उपलब्ध नहुँदा काम रोकिएको निर्माण कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)